Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

टर्कीमा भूकम्पमा परेर १७ जनाको ज्यान गयो, सङ्कटकाल घोषणा

टर्कीको दक्षिणी क्षेत्रमा गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पमा परेर १७ जनाको ज्यान गएको पुष्टि भएको छ ।
भूकम्पमा १७ जनाको ज्यान गएको टर्कीका अधिकारीहरुले पुष्टि गरेका हुन् । उनीहरुका अनुसार कयौँ मानिस फसिरहेका छन् । यसले गर्दा ज्यान गुमाउनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

भूकम्पका कारण कयौँ घरहरु भत्किएका बीबीसीले जनाएको छ । उद्धारकर्ताहरुले खोज तथा उद्धारको काम गरिरहेका छन् ।
टर्कीका आन्तरिक मन्त्री सुलेमन सोयलुका अनुसार भूकम्पबाट १० वटा सहरमा असर परेको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण युएसजीएसका अनुसार सिरियाको सिमानासँग जोडिएको क्षेत्रमा स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का राजधानी अंकारासहितका क्षेत्र तथा लेवनान, सिरिया र साइप्रसमासमेत महसुस गरिएको खबरमा उल्लेख छ ।
भूकम्पपछि परकम्प पनि गइरहेको टर्कीका अधिकारीले जनाएका छन् । टर्की सरकारले भूकम्पपछिको उद्धार र व्यवस्थापनका लागि राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com