Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

स्वीट्जरल्याण्डमाथि गोलवर्षा गर्दै पोर्चुगल क्वाटरफाइनलमा

स्वीट्जरल्याण्डमाथि गोल वर्षा गर्दै पोर्चुगल कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
क्वाटरफाइनलमा स्थान पक्का गर्ने क्रममा पोर्चुगलले अन्तिम १६ को खेलमा स्वीटजरल्याण्डमाथि ६-१ को फराकिलो जित निकाल्यो।

पोर्चुगलको जितमा फरवार्ड गोन्कालो रामोसले ह्याट्रिक गरे। क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेर पहिलो रोजाईमा उत्रिएका उनले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेका थिए। कतार विश्वकपमा ह्याट्रिक पूरा गर्ने उनी पहिलो खेलाडी हुन् ।

पोर्चुगलका लागि राफाएल गुरेरो, राफाएल लिआअ‍ो र पेपेले १-१ गोल थपे ।
खेलको १७ अ‍ौं मिनेटमा जोआअ‍ो फेलिक्सको पासमा गोल गर्दे रामोसले टोलीलाई सुरूआती अग्रता दिलाए।

कार्यवाहक कप्तान पेपेले ३३ अ‍ौं मिनेटमा अग्रता दोब्बर पारे। ब्रुनो फर्नान्डेसको कर्नरमा पेपेले हेडरमार्फत गोल गर्दै टोलीलाई पहिलो हाफमा २-० को अग्रता दिलाए।

५१औं मिनेटमा रामोसले व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरे। ५५औं मिनेटमा राफेल गुरेइरोले रामोसकै पासमा गोल गर्दै पोर्चुगलको अग्रता ४-० पुर्‍याए।

५८औं मिनेटमा स्वीजरल्याण्डका मानुएल अकान्जील गोल फर्काएर खेलमा फर्कने संकेत दिए। तर ६७ अ‍ौं मिनेटमा रामोसले ह्याट्रिक पूरा गरे। विश्वकपमा ह्याट्रिकको दुर्लभ उपलब्धि हासिल गरेका उनले खेलमा टोलीलाई ५-१ ले अघि बढाए।

इन्ज्युरी समयमा लिआअ‍ोले गोल गर्दै खेलमा पोर्चुगललाई ६-१ को फराकिलो जित दिलाए।
पोर्चुगलले अब क्वाटरफाइनलमा मोरक्कोको सामना गर्नेछ। गएराति भएको खेलमा पूर्व विजेता स्पेनलाई पेनाल्टी शुट‍आउटमा हराएर मोरक्को क्वाटरफाइनलमा पुगेको हो। सेतोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com