Yeti Khabar

२०८१ जेष्ठ ७, सोमबार - Mon May, 2024 -

चक्रपथमा मनै लाेभ्याउने जाकारान्डा फूल

ललितपुर – ललितपुर महानगरपालिका वडा नम्बर १४ महालक्ष्मीस्थानको चक्रपथ छेउमा फुलेको बैजनी रङ्गको जाकारान्डा फूलले त्यहाँ जानेलाई लोभ्याउने गरेको छ । यो वर्षमात्रै होइन हरेक वर्ष वसन्त ऋतुमा सातदोबाटोदेखि एकान्तकुनासम्मको सडक छेउमा जाकारान्डा यसरी नै ढपक्कै फुलेको देखिन्छ । जसले चक्रपथ क्षेत्रको शोभासमेत बढाएको छ ।

महालक्ष्मीस्थान चोक, चापागाउँ दोबाटो चोक र थसीखेल चोकमा जाकारान्डा फूलका ठूला रुखहरू छन् । अहिले हरेक दिन बेलुकापख फूललाई पृष्ठभूमिमा पारेर फोटो/भिडियाे खिच्नेहरूको लाम लाग्ने गरेको छ । बैजनी रङ्गमा फुलेको जाकारान्डा फूलको सुन्दर दृश्यमा धेरै जना रमाइरहेका देखिन्छन् । थसीखेल चोकमा फुलेको जाकारान्डा देखेर मनै प्रफुल्ल हुने गरेको स्थानीय वीरेन्द्र तितुङले बताउनुभयो ।

ललितपुर महानगरपालिकाले चक्रपथ छेउमा जाकारान्डा फूलका बिरुवा रोपेको छ । तीमध्ये केही फुल्न शुरु गरेका छन् भने केही भर्खर हुर्कँदैछन् । अहिले ललितपुरको जावालाखेल, लगनखेल, कुपण्डोललगायत विभिन्न ठाउँमा जाकारान्डा फुलेका देख्न सकिन्छ भने काठमाण्डौ उपत्यकाका अरू विभिन्न ठाउँमा पनि जाकारान्डा फुलेर मनमोहक देखिएको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com