Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

प्रधानमन्त्रीले आज १९ औँ ‘नाम’ शिखर सम्मेलनलाई सम्बोधन गर्दै

प्रधानमन्त्री पुष्पकमल दाहालले आज असंलग्न आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलनलाई सम्बोधन गर्दैछन्। उनले विश्वव्यापी साझा समृद्धिका लागि आपसी साझेदारीलाई प्रगाढ बनाउन आवश्यक पहलका विषयमा हुने शिखर सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री दाहाल नाम शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  बिहीवार युगान्डा तर्फ गएका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री दाहाल युगान्डाका राष्ट्रपति योवेरी कागुता मुसेभेनीले आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछन्। साइड लाइन बैठकमा उनले शिखर सम्मेलनमा सहभागी हुन आएका मित्रराष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्दै नेपालमा लगानी भित्र्याउने र दोहोरो साझेदारी गर्नका लागि आवश्यक पहल गर्ने बताइएको छ।

शिखर सम्मेलनले मन्त्रीस्तरीय बैठकको प्रतिवेदनमाथि छलफल गर्दै यसबिचमा भएका प्रगतिको समीक्षा गर्दै नयाँ साझेदारीको मार्गचित्र प्रस्तुत गर्ने छ। मन्त्रीस्तरीय बैठकले स्वीकृत गरेको कम्पाला घोषणापत्र पारित गर्दै बैठक सकिने छ। नागरिक  दैनिक

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com