Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

रद्द गरिएका २४ मतदान केन्द्रको निर्वाचन जेठ ३ गते

काठमाडौं ३१ वैशाख । विवादका कारण रौतहटको विभिन्न पालिकामा शुक्रबार रद्द हुन पुगेको निर्वाचन जेठ ३ गते मंगलबार हुने भएको जानकारी प्राप्त भएको छ।
सदरमुकाम गौरमा आज भएको भएको सम्बन्धित निकायको छलफलमा रद्द गरिएका ठाउँको निर्वाचन एकै दिन जेठ ३ गते मंगलबार गर्ने सहमति भएको छ ।

रौतहटको ६ पालिकाको ११ मतदान स्थलको २४ केन्द्रको मतदान रद्द भएकोमा मंगलबार हुने सहमति भएको गढीमाई नगरपालिकाको प्रमुख निर्वाचन अधिकृत रामानन्द प्रसाद अधिकारीले जानकारी गराएका छन्।

रौतहटमा गढीमाई नगरपालिकाको वडा नम्बर ३ र ६ मा मतदानकै बेला दुई पक्षबीच विवाद भएर झडप भएपछि मतदान नै स्थगित भएको थियो। सबै पक्षबीच सहमतिको प्रयास गराउँदा पनि नभएपछि भएको मतदान रद्द गरिएको हो।

मतदान चलिरहेको समयमा विवाद भएपछि बौद्धिमाई नरपालिका ३ को मतदान केन्द्रको पनि रद्द मतदान जेठ ३ मा हुने भएको छ। यसैगरी फतुवा विजयपुर नगरपालिकामा २ मतदान केन्द्र, यमुनामाई नगरपालिकाको वडा नम्बर १ र २ का मतदानहरु रद्द गरिएकामा जेठ ३ मा पुनः मतदान हुँदैछ।

यमुनामाइ नगरपालिकामा कतै मतपेटिका लिएर भागेका थिए भने कतै मतपेटिकामा पानी खन्याइएको थियो। यसैगरी देवाही गोनाही नगरपालिकाको एक र गरुडा नगरपालिकाको एक मतदान केन्द्रको मतदान रद्द गरिएकामा सबै एकसाथ एकै दिन गरिने सहमति भएको रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी गराएका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com