Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

चीनलाई उछिन्दै विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बन्दै भारत

भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बन्ने भएको छ । चीनलाई उछिन्दै भारत यसै अप्रिल महिनामा अत्यधिक जनसंख्या भएको देश बन्न लागेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघको जनसंख्या विभागका अनुसार सन् २०११ मा भारतको जनसंख्या एक अर्ब २१ करोड थियो । १२ वर्षको अवधिमा भारतमा २१ करोड मानिस थपिएका हुन् । अर्थात् यतिबेला भारतको जनसंख्या एक अर्ब ४१ करोडभन्दा बढी पुगेको छ ।

सन् १९५० यता चीन नै विश्वमा सबैभन्दा बढी जनसंख्या भएको राष्ट्र थियो । ७३ वर्षपछि भारतले चीनलाई जनसंख्यामा उछिन्न लागेको हो । सन् २०२२ को अन्त्यमा चीनको जनसंख्या ८ लाख ५० हजारले घटेर एक अर्ब ४१ करोडमा झरेको छ ।

चीनमा गत वर्ष हरेक हजार व्यक्तिमा सात जनाले मात्र बच्चालाई जन्म दिएका थिए । सन् २०५० सम्ममा चीनको जनसंख्या १० करोड ९० लाखले कम हुने पनि राष्ट्रसंघको प्रक्षेपण छ । सन् १९८० देखि २०१५ सम्म लागू भएको चीनको एक सन्तान नीतिका कारण चीनको जनसंख्यामा कमी आएको हो ।

यतिबेला चीनमा महँगीका कारण पनि त्यहाँका महिलाहरू धेरै बच्चा जन्माउन चाहँदैनन् । जनसंख्या कम हुँदा कुनै विन्दुमा देशमा दक्ष जनशक्तिको कमी हुने र आर्थिक रूपमा देश पछि पर्ने अनुमान पछि यतिबेला चीनले बच्चाहरूको जन्म बढीभन्दा बढी होस् भनेर नयाँ कार्यक्रम नै ल्याएको छ ।

चीनमा बच्चा पाउँदा नगद उपहार, कर कटौती र लामो सुत्केरी बिदा दिने गरिएको छ । रोयटर्स

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com