Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

तीन जनालाई आक्रमण गरी घाइते बनाएको चितुवा घरभित्रै मृत

कार्तिक,२५ काठमाडौं । स्याङजामा तीन जनालाई आक्रमण गरी घाइते बनाएको चितुवा घरभित्रै मृत भेटिएको छ । चण्डिप्रसाद पराजुलीको घरमा थुनिएको चितुवा घरभित्रै मृत भेटिएको हो ।

आज बिहान वालिङ नगरपालिका–१४ कफ्लेटीमा चितुवाले आक्रमण गर्दा वालिङ–१२ का किसान न्यौपाने, वालिङ–१४ की तुलसा पराजुली र लक्ष्मी पराजुली घाइते हुनुभएको थियो । खेतमा काम गरिरहेको बेला न्यौपानेलाई घाइते बनाएर भागेको चितुवा स्थानीय चण्डीप्रसाद पराजुलीको घरमा पसेर तुलसा र लक्ष्मीलाई पनि आक्रमण गरि घाइते बनाएको थियो । त्यसपछि बाहिरबाट स्थानीयले ढोका लगाइदिएपछि चितुवा घरभित्रै थुनिएको थियो । पछि उद्धारको टोली आएपछि हेर्दा चितुवा मृत भेटिएको हो ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com