Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

पल शाहलाई धरौटीमा छाड्न उच्च अदालतले गर्यो अस्वीकार

जेठ, १९ काठमाडौं । बलात्कार आरोपमा पुर्पक्षमा रहेका कलाकार पल शाह ९पूर्णविक्रम० लाई धरौटीमा छाड्न उच्च अदालत पोखराले अस्वीकार गरेको छ । धरौटीमा रिहा हुन पाउँ भन्दै शाहले दिएको रिट निवेदनमा आज उच्च अदालत पोखरामा सुनुवाइ भएकोमा जिल्ला अदालतकै आदेशलाई सदर गरेको हो ।

शाहको पक्षबाट तीन र पीडितको पक्षबाट एक जना वकिलले बहस गरेका थिए । उच्च अदालत पोखराका सूचना अधिकारी विष्णु आचार्यले पलका म्यानेजर कृष्ण जोशीलाई पनि जिल्ला अदालतकै फैसला अनुसार कार्यान्वयन गराउन उच्च अदालतले फैसला गरेको बताए । जोशी एक लाख धरौटीमा छुटेका थिए ।

तनहुँ जिल्ला अदालत र नवलपरासी जिल्ला अदालतको आदेशले बलात्कार मुद्दामा पुर्पक्षमा रहेका शाहले धरौटीमा रिहा हुन पाउँ भन्दै रिट निवेदन दिएका थिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com