Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

काठमाडौंमा हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोला पक्षको भेला

वैशाख, १६ काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीबाट कारवाहीमा परेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षको भेला काठमाडौंमा भर्खरै सुरु भएको छ । पार्टी अनुशासन विपरित अभिव्यक्ति दिएको भन्दै विप्लवले ओली र बास्कोटालाई कारवाही गरेपछि उनीहरुले आफ्नो पक्षको केन्द्रीय समिति भेला गरेका हुन् । देशैभरबाट उपस्थित भएका केन्द्रीय समिति र सल्लाहकार समितिको बैठक काठमार्डौंमा केही दिन चल्ने बताएको छ ।

केन्द्रीय समितिका ६८ जना केन्द्रीय सदस्यमध्ये ४० जना केन्द्रीय सदस्य भेलामा उपस्थिति भएको हेमन्तप्रकाश धर्मेन्द्र पक्षका एक नेताले बताए । पार्टी केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष ईश्वरी दाहाल‘असारे काका’ सहित ५ जनाले विप्लवलाई छोडेको ती नेताले बताए । ‘अहिले भर्खरै ४० भन्दा बढी केन्द्रीय सदस्य समितिका असारे काकासहित पाँचै जना सल्लाहकार समितिको सहभागिता छ ।

अरु केन्द्रीय सदस्य थपिने क्रम जारी छ’ हेमन्तप्रकाश र धर्मेन्द्र पक्षका ती नेताले भने, ‘विचार राजनीतिको केन्द्र यतै भएकाले बहुमत हुन्छ । नेकपाको निरन्तरतामै बहुमतले अल्पमतलाई कारवाही गर्ने स्थिति बन्नेछ ।’ पार्टी नीति विपरित जाने विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा लगायतका नेतालाई कारवाही गरिने ती नेताले चेतावनी दिए ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com