Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

मकवानपुरमा विद्युतको पोल ढलेर लाग्दा वडासदस्यको मृत्यु

फागुन, १६ काठमाडौं । मकवानपुरको बकैयामा विद्युतको पोल ढलेर लाग्दा घाइते भएका वडासदस्यको आज बिहान मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर- ७ मानदमारका स्थानीय ४० वर्षका वडासदस्यसमेत रहेका रामकुमार तितुङको पोलले लागेर मृत्यु भएको हो ।

तितुङको आफ्नै घरअगाडि हिँडिरहेको अवस्थामा हिजो राति एक्कासि बिजुलीको पोलमा ढलेर लाग्दा उनी घाइते भएका थिए । घाइते वडासदस्य तितुङलाई तत्काल चुरेहिल अस्पताल हेटौँडामा प्राथमिक उपचारका लागि लगिएको थियो ।

उनलाई गम्भीर चोट लागेकाले थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पुर्‍याइएको थियो । उनको उपचारको क्रममा भरतपुरमा मृत्यु भएको मकवानपुर प्रहरीले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com