Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

तीन बिघा उखु खेतीमा आगलागी

बाराको निजगढ नगरपालिका ८ स्थित अस्सी बिगाहमा रहेको तीन बिघा उखुखेतीमा भीषण आगलागी भएको छ । आज दिउँसो ४ बजेदेखि सुरु भएको आगो दुई घण्टापछि नियन्त्रणमा आएको हो ।

स्थानीय हिरा सारु मगरको १ बिघा र राम खत्रीको २ बिघा उखुखेतीमा आगो लागेको हो । आगोलागीबाट करिब १५ लाखको उखु नष्ट भएको किसान हिरा सारु मगरले जानकारी दिए । आज दिउँसो एकासी लागेको आगलागीबाट तीन बिघा जमिनमा लगाएको उखु पूर्णरुपमा जलेर नष्ट भएको हो । ‘बारीमा पाकेको उखु बिक्री गर्ने तयारीमा लागि परेका थियौं,’ किसान मगरले भने, ‘तयारी उखु जलेर पूर्ण रुपमा नष्ट भयो । कसले के कारणले उखु खेतीमा आगो लागेको त्यो भने खुलेको छैन ।’

स्थानीयका अनुसार आगलागी भएको उखुखेतीमा निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले तत्काल निजगढ नगरपालिका र कोल्हवी नगरपालिकाको दमकल पठाएर आगो नियन्त्ररणमा आएको बताए ।आफूलाई खबर प्राप्त हुने बितिकै निजगढ नगरपालिकाको दमकल पठाएको तर एउटा दमकलले मात्र आगो नियन्त्रण नहुने भएपछि कोहल्वी नगरपालिकाको दमकल पठाएकै कारण बढी क्षती हुनबाट जोगिएको उनले बताए । ‘दमकल आगो लागेको जानकारी पाएपछि समयमै आएको थियो,’ नगरप्रमुख पुरुले भने, ‘आगो लागेको उखुबारी भित्रनै गएर दमकलले आगो नियन्त्रण लिन सफल भयो जसको कारण थप बढी क्षति हुन पाएन ।’

आगो स्थानीयबासीका प्रहरीको सहयोगमा नियन्त्रणमा आएको स्थानीयले बताए । आज एकासी लागेको आगो लागूऔषध प्रयोगकर्ता वा कसैले बस्तुका निम्ति घास पलाउनका लागी आगो लगाएको हुन सक्ने किसानले अनुमान गरिएको छ । उखुबारीसँगै रहेको एक प्लेटिङ गरी बिक्र्रीका निम्ती खाली राखिएको जमानमा घाँस पलाउने आशामा केही कसैले आगो लगाएको हुनसक्ने किसनको भनाई छ । ‘आगो कसले लगायो यस विषयमा प्रहरी प्रशासनले खोजी गरि आवश्यक कारवाही गर्नुपर्दछ,’ कसानले भने ।-न्युज कारखाना

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com