Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

बागलुङमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, २५ जना घाइते

चैत्र,६काठमाडौं । बागलुङको निसीखोलामा हिजो साँझ बस दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ। २५ जना घाइते भएका छन्। निसीखोला गाउँपालिका– ६ जाउलेपानी भन्ने स्थानमा बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बको बस दुर्घटना भएको हो।

उद्धारका लागि घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजकुमार विकका अनुसार दुर्घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको हो। उनले २५ जना घाइतेलाई उद्धार गरी उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको बताए ।

पश्चिम रुकुमबाट काठमाडौंका लागि छुटेको बस मध्यपहाडी लोकमार्गदेखि अन्दाजी एक सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक मदन केसीले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com