Yeti Khabar

२०८१ जेष्ठ २, बुधबार - Wed May, 2024 -

एमालेका सुहाङ नेम्वाङ ३३ सयले अगाडि

बैशाख १७ काठमाडौं । इलाम–२ मा २५ हजार मत गणना हुँदा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्। फाकफोकथुम, चुलाचुली र माङसेबुङको १, २, ३ र ४ नम्बर वडाको मत गणना हुँदा एमालेका सुहाङले १० हजार ४१९ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्काले ७ हजार ६२ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका मुढा चुनाव चिह्न भएका डकेन्द्रसिंह थेगिमले ५ हजार ७५३ मत ल्याएका छन्।

चौथोमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू रहेका छन्। उनले अहिलेसम्म १ हजार ४५१ मत ल्याएका छन्। एकीकृत समाजवादीका उम्मेदवार जीतबहादुर राईले २५८ मत ल्याएका छन्। इलाम–२ मा अहिलेसम्म २५ हजार ४५१ सदर मत गणना भएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com