Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

मुम्बईमा ठूलो आँधी र बेमौसमी वर्षा, होर्डिङ बोर्ड खसेर ४ जनाको ज्यान गयो

भारतको मुम्बईमा ठूलो आँधी र बेमौसमी वर्षाले गएराति होर्डिङ बोर्ड खसेर लाग्दा चार जनाको ज्यान गएको छ । अरु  ५४ जना घाइते भएका छन् । पानी र धुलोसहितको हावाहुरीका कारण ठूलो सङ्ख्यामा मानिसले आश्रय लिएको पेट्रोल पम्पमा होर्डिङ बोर्ड खसेको थियो ।

घटनास्थलमा राति अबेरसम्म उद्धार र राहतको काम भएको बीबीसी हिन्दीले जनाएको छ । भाजपाका पूर्व सांसद किरिट सोमैयाले खसेको होर्डिङ बोर्ड अवैध रहेको भन्दै यसलाई हटाउन आफूले अस्ति आइतवार मात्रै आदेश दिएको बताउनुभएको छ ।

दुर्घटनापछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले घटनास्थल अवलोकन र अस्पताल पुगेर घाइतेहरूलाई भेट्नुभएको खबरमा उल्लेख छ । बेमौसमी वर्षा र हावाहुरीका कारण मुम्बईबाट उडान अवतरण पनि प्रभावित भएको थियो भने मेट्रो पनि केही समय बन्द गर्नु परेको थियो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com