Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

यार्सागुम्बा सङ्कलन गरी घर फर्किने बेला घाइते भएकी एक बालिकाको मृत्यु

जेठ,३० काठमाडौं । दार्चुलामा यार्सागुम्बा सङ्कलन गरी घर फर्किने बेला घाइते भएकी एक बालिकाको मृत्यु भएको छ । व्याय गाउँपालिकाको हुमदुम्तीमा हिउँमा चिप्लिएर घाइते भएकी सोही गाउँपालिका–२ मालकी १४ वर्षीया आरती कार्कीको मृत्यु भएको आफन्तले बताए ।

हिउँमा चिप्लिएर घाइते भएको उनको थप उपचारका लागि दार्चुलाबाट अन्यन्त्र लैजानेक्रममा आइतबार राति बाटोमै मृत्यु भएको हो । जिल्ला अस्पतालमा भर्ना गरिएकी उनलाई थप उपचारका लागि भारतको हल्द्धानी रेफर गरिएको थियो। त्यहाँ लैजादै गर्दा बाटोमै मृत्यु भएको उनका काका हर्क सिंह कार्कीले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com