Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

बोलिभियाले तोड्यो इसराइलसँगको कूटनीतिक सम्बन्ध

messenger sharing button

बोलिभियाले इसराइलसँगको कूटनीतिक सम्बन्ध तोडेको छ। गजाको जबालिया शरणार्थी शिविरमा हवाई आक्रमण गरेपछि मंगलबार बोलिभियाले इसराइलसँगको कूटनीतिक सम्बन्ध तोडेको  बोलिभियाको सूचना एजेन्सी एबीआइलाई उद्धृत गर्दै सिएनएनले उल्लेख गरेको छ।

बोलिभियाका सहायक विदेशमन्त्री फ्रेडी मामनीले मंगलबार इसराइलसँगको कुटनीतिक सम्बन्ध तोडेको घोषणा गरेका हुन्।प्यालेस्टाइनी नागरिकहरूमाथि मानवताविरूद्धको अपराध गरेको भन्दै बोलिभियाले इसराइलसँगको कूटनीतिक सम्बन्ध तोडेको हो।

बोलिभियाका राष्ट्रपति लुइस आर्कले बोलिभियाका लागि प्यालेस्टाइनका राजदूत महमुद एलालवानीसँगको भेटवार्तापछि बोलिभियाले सो निर्णय गरेको हो। बोलिभियाले गजामा मानवीय सहायता लैजान तयारी समेत गरेको सिएनएनले उल्लेख गरेको छ। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com