Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

चीनको बेइजिङमा आजदेखि बीआरआई अन्तर्राष्ट्रिय सहकार्य मञ्च शुरु हुँदै

चीनको राजधानी बेइजिङमा आजदेखि तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) शुरु हुँदैछ । दुई दिने फोरममा विश्वभरका एक सय ४० भन्दा बढी देशहरू र ३० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थाहरूका प्रतिनिधिहरू सहभागी हुने चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

यस्तै, अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरू, विज्ञ र व्यापारीहरु समेत गरी अरु एक सय जनाभन्दा धेरै आमन्त्रित छन् । बीआरआई घोषणाको दशौँ वार्षिकोत्सव मनाउन चीनले तेश्रो बृहत् सम्मेलन आयोजना गरेको हो । बीआरएफ बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन र प्रगतिबारे समीक्षा गर्न सम्मेलन आयोजना गरिएको हो ।

फोरममा बीआरआईको १० वर्षे उपलब्धि प्रतिवेदन प्रस्तुत हुनुकासाथै हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्चको नीति र प्रगतिबारे छलफल हुनेछ । तेस्रो बीआरएफमा पनि भारत सहभागी नहुने भएको छ । भारत यस अघिका दुवै फोरममा सहभागी भएको थिए ।

बीआरआईका कारण १ सय ३० भन्दा बढी देशको अर्थव्यवस्था खतरामा रहेको भन्दै भारतले विरोध गर्दै आएको छ । बीआरआई अन्तर्गत चीनले विभिन्न देशलाई ऋणको पासोमा पार्दै आएको भन्दै यसको विरोध भइरहेको छ ।  एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com