Yeti Khabar

२०८१ बैशाख २२, शनिबार - Sat May, 2024 -

बलात्कार आरोपमा प्रहरीका पूर्वसई पक्राउ

माघ,२१ काठमाडौं । बलात्कार आरोपमा नेपाल प्रहरीका पूर्वसई पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले यादव थरका एक पूर्वसईलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ।

पक्राउ परेका ती पूर्वसईविरुद्ध जिल्ला अदालत काठमाडौंमा बलात्कारको मुद्दा दर्तासमेत भइसकेको छ। ती पूर्वसईले कलंकीमा एउटै घरमा डेरा गरी बस्ने एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ।

तीन दिन बलात्कार गरेको भन्दै पीडित किशोरीले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो। करणी गर्न नदिए एसिड छ्याप्छु भन्दै धम्की दिने, बन्दुकको गोलीसमेत देखाउने गरेको पीडित किशोरीले प्रहरीसमक्ष बयान दिएकी छिन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com