Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

जनता समाजवादी पार्टीले फेर्‍यो झण्डा र लोगो

साउन,५ काठमाण्डौ । जनता समाजवादी पार्टीले आफ्नो झण्डा र लोगो फेरेको छ । भर्खरै विधान अधिवेशन सम्पन्न गरेको जसपाका अधिवेशनमा सहभागी प्रतिनिधिहरूले झण्डा फेर्नुपर्ने माग गरेका थिए । त्यही मागबमोजिम विधान प्रमाणीकरण समितिले पार्टीको झण्डा र लोगो परिवर्तन गरी निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ ।

विधान अधिवेशनमा १० वटा समूह बनाई विधानमा दफावार छलफल गरिएको थियो जसमध्ये लगभग सबैजसो समूहले पार्टीको झण्डा फेर्नुपर्ने माग राखेका थिए ।
यसअघि माथिल्लो भागमा रातो र तल्लो भागमा हरियो रङ्गको पृष्ठभमिमा सेतो ताराको सट्टामा अहिले रातो पृष्ठभमिमा सेतो तारा राखिएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com