Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

सुनसरीको कोसी गाउँपालिका–४ स्थित भित्री सडकखण्डमा आइतबार ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार देवानगञ्ज गाउँपालिक–४ की ५५ वर्षीया जयमुन खातुन रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।

को २ त २१५८ नम्बरको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको को २८प ९३९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ५५ वर्षीया खातुनको घटनास्थलमै मृत्यु भएको हो।

मोटरसाइकल चालक मृतककै छोरा २५ वर्षीय जुमरात मियाँ घाइते भएको प्रहरीले जनाएको छ। घाइते जुमरातको उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ठक्कर दिने सवारी साधन र चालक ४६ वर्षीय शुभका मोची जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा छन्। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com