Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

कर्णालीका उत्कृष्ट दुई उद्यमी पुरस्कृत

कर्णाली प्रदेश सरकारले प्रदेशका उत्कृष्ट दुई उद्यमीलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा प्रदेश सबैभन्दा राम्रो काम गर्ने उद्यमीलाई र जिल्लास्तरीय उत्कृष्ट उद्यमीलाई सम्मान गरेको हो । प्रदेश स्तरमै उत्कृष्ट उद्यमीलाई दुई लाख र सुर्खेत जिल्लाभरि राम्रो काम गर्ने उद्यमीलाई एक लाख नगदसहित सम्मान गरिएको हो ।

उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले आज आयोजना गरेको सम्मान कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा कार्चेनले उत्कृष्ट उद्यमीलाई पुरस्कार वितरण गरे । सम्मानित हुनेमा प्रदेश स्तरीयमा कुशे गाउँपालिका–८ जलजला नेपाली हाते कागज उद्योगका सञ्चालक मानबहादुर थापाले सम्मानपत्रसहित दुई लाख नगद प्राप्त गर्न सफल भएका छन् ।

त्यसैगरी जिल्लास्तरीय उद्यमीमध्ये सुर्खेतबाट गोलोवल च्याउ तथा कृषि उद्योगका सञ्चालक वसन्तीकुमारी अधिकारीलाई सम्मानपत्रसहित एक लाख नगद प्रदान गरिएको छ । उत्कृष्ट उद्यमी सम्मान कार्यक्रममा मन्त्री लामाले कर्णालीका उद्यमीहरूलाई तालिमसहितको आवश्यक सामान दिने बताए । जसले तालिम लिन्छ उसैले आवश्यक सामान पाउनुपर्ने उनको भनाइ छ । आउँदो बजेटमा उद्यमीमैत्री कार्यक्रम र सहुलियतमा ऋणको व्यवस्था गरिने लामाको भनाइ थियो । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com