Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

कांग्रेसले वैशाख ११ मा चुनावी घोषणा पत्र सार्वजनिक गर्ने

काठमाडौं २४ चैत । महामन्त्री गगन थापा नेतृत्वमा रहेको घोषणापत्र निर्माण समितिको आज पार्टी कार्यालयमा बसेको बैठकले जनता र पार्टीका नेतारकार्यकर्ताका सुझाव समेटेर घोषणा पत्र सार्वजनिक गर्ने निर्णय गरेको हो।
समिति सदस्य रहेका कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले लोकतन्त्र दिवसका दिन घोषणा पत्र सार्वजनिक गरिने बताए।

घोषणापत्रमा समेट्नुपर्ने विषयबारे सर्वसाधारण जनताबाट सुझाव आह्वान गरिने पनि उनले बताएका छन्। त्यसका लागि टोल फ्री नम्बर सार्वजनिक गर्ने र सामाजिक सञ्जालबाट पनि सुझाव पठाउन मिल्ने व्यवस्था गर्न लागिएको उनले बताए।

संघीयतालाई थप बलियो बनाउने दिशातर्फ मद्दत पुग्ने गरी कांग्रेसले स्थानीय तह निर्वाचनका लागि केन्द्रबाट घोषणा पत्र र स्थानीय तहबाट प्रतिवद्धता पत्र जारी गर्न लागेको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com