Yeti Khabar

२०८१ बैशाख १९, बुधबार - Wed May, 2024 -

टर्कीमा एक कारखानामा विस्फाेट हुँदा कम्तीमा पाँच जनाकाे ज्यान गयाे, ४० जनाभन्दा धेरै घाइते

टर्कीमा रकेट र विस्फोटक पदार्थ बनाउने कारखानामा विस्फाेट हुँदा कम्तीमा पाँच जनाको ज्यान गएको छ । ४० जनाभन्दा धेरै घाइते भएका छन्, केहीको अवस्था चिन्ताजनक रहेको छ ।

राजधानी अङ्काराबाट ४० किलोमिटर टाढा रहेको सरकारी स्वामित्वको एमकेई रकेट र विस्फोटक कारखानामा विस्फाेट भएको बीबीसीले जनाएको छ  । टर्कीको सरकारी टेलिभिजनले विस्फाेटले नजिकैका घर र पसलका झ्यालका सिसा फुटेको देखाएको छ ।

अधिकारीहरुका अनुसार कारखानाको डाइनामाइट विभागबाट विस्फाेट सुरु भएको हो । क्षेत्रीय गभर्नर वाहप साहिनले भग्नावशेषमा कुनै पनि कर्मचारी नफसेको जनाउनुभएको छ । उहाँले विस्फोट हुनुअघिको अवस्था जाँच गरिरहेको बताउनुभएको छ । 

उहाँले कारखानामा काम गरिरहेका मानिसहरु काम गरिरहेका बेला अचानक विस्फोट भएको बताउनु भएकाे बीबीसीमा उल्लेख छ । रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै घटनाको न्यायिक र प्रशासनिक छानबिन सुरु गरेको जनाएको छ ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com