Yeti Khabar

२०८१ जेष्ठ ९, बुधबार - Wed May, 2024 -

बाढी र डुबानको जोखिममा रहेको कैलालीको पकरियापुरमा सुरक्षित आवास निर्माण शुरु

कैलाली – बाढी र डुबानको जोखिममा रहेको कैलालीको भजनी नगरपालिका–३ को पकरियापुरमा सुरक्षित आवास निर्माण शुरु भएको छ । भजनी नगरपालिका, राष्ट्रिय दलित नेटवर्क (सुरक्षित आवास परियोजना) र स्थानीयको श्रमदानमा सुरक्षित आवास निर्माण हुन लागेको हो ।

वर्षाैँदेखि बाढी र डुबानको पीडामा रहेका पकरियापुरका २५ परिवारलाई सुरक्षित राख्नका लागि घर निर्माण थालिएको नगरपालिकाका मेयर केवल चौधरीले बताउनुभयो । उहाँले नगरपालिकाका धेरै क्षेत्र बर्सेनि बाढी र डुबानको चपेटामा पर्दै आएको बताउँदै बढी जोखिम भएको बस्तीलाई सुरक्षित बनाउन घर निर्माण कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी दिनुभयो ।

बाढीका कारण महिनौँसम्म सडक र त्रिपालमा बस्नुपर्ने बाध्यता अब अन्त्य हुनेमा विश्वास रहेको स्थानीयले बताएका छन् । नगरपालिकाले गएको वर्ष वडा नम्बर –५ मा १६ वटा सुरक्षित आवास निर्माण गरेको थियो । बर्सेनि अन्य सङ्घ–संस्थाको साझेदारीमा नगरपालिकाले आवास निर्माणलाई निरन्तरता दिएको छ । पकरियापुरमा एउटा नमुना घरसहित २५ घर निर्माण भइरहेका छन् ।

७० लाख ५० हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको ती घरका लागि नगरपालिकाको २४ लाख रुपैयाँको लगानी छ । त्यसमा राष्ट्रिय दलित नेटवर्कले २१ लाख लगानी गर्दा २५ लाख ३० हजार रुपैयाँ बराबरको स्थानीयको जनश्रमदानलाई जोडिएको छ । एउटा घरमा दुई कोठा र एउटा शौचालय निर्माण भइरहेको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com