Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

पासोमा अल्झिएको अवस्थामा मृत चितुवा फेला

फागुन, २८ काठमाडौं । गुल्मीमा पासोमा अल्झिएको अवस्थामा चितुवा मृत फेला परेको छ । छत्रकोट गाउँपालिका २ को मनबागमा आइतबार भाले चितुवा पासोमा अल्झिएको अवस्थामा मृत फेला परेको हो ।

स्थानीय धनबहादुर घर्तीको जग्गामा खर्यान छेउको सडक नजिकै चितुवा फेला परेको हो । चार मिटरभन्दा बढी लम्बाई र ४५ किलो तौल रहेको चितुवा मृत अवस्था फेला परेको डिभिजन वन कार्यालय गुल्मीले बताएको छ ।

बिहान पासो चुँडाएर भाग्ने क्रममा घाइते अवस्थामा रहेको चितुवाले आक्रमण गर्दा स्थानीय ४० वर्षीय केशव पालुङ्गे घाइते हुनुभएको थियो । स्थानीयले बिहान चितुवा फेला परेको जानकारी दिएपछि डिभिजन वन कार्यालय तम्घासबाट सहायक वन अधिकृत मुना शर्माको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो ।

मृत अवस्थामा भेटिएको चितुवालाई स्थानीय जनप्रतिनिधिहरूको रोहबरमा मुचुल्का गरी डिभिजन वन कार्यालयमा ल्याई कार्यालय परिसरमा खाल्डो खनेर गाडिएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com