Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

खार्पुनाथ गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

१ जेठ, काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्ण बहादुर रावल निर्वाचित भएका छन् ।
कांग्रेस–माओवादी गठबन्धनबाट कांग्रेसका रावलले १ हजार ८१० मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रकाशबहादुर शाहीले १ हजार १९५ मत पाएका छन् । अध्यक्ष रावल २०७४ सालको निर्वाचनमा पनि अध्यक्षमा निर्वाचित भएका थिए

यसैगरी उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका ज्ञानबहादुर सिंह ९भरत० विजयी भएका छन् । उनले १ हजार ८७२ मत पाएका छन् । यस्तै उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका शक्तिसिंह ऐडीले ८५० मत पाएका छन् ।

यस्तै खार्पुनाथका पाँचवटै वडामा पनि गठबन्धन निर्वाचित भएको छ । वडा नम्बर १ मा कांग्रेसका जयबहादुर शाही ९४६९०, वडा नम्बर २ मा कांग्रेसका चन्द्र रावल ९२६००, वडा नम्बर ३ मा माओवादीका च्याँगा बोहरा ९२७१०, वडा नम्बर ४ मा कांग्रेसका रंगमति शाही ९निर्विरोध० र वडा नम्बर ५ मा कांग्रेसका भरतजंग शाही ९४९२० मत ल्याएर निर्वाचित भएका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृह पालिका खार्पुनाथमा कांग्रेस–माओवादी र एमाले–समाजवादी गठबन्धन थियो ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com