Yeti Khabar

२०८१ बैशाख २५, मंगलवार - Tue May, 2024 -

पहिरोले घर पुरिँदा दोलखामा चार जना बेपत्ता

साउन,१९ काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिकामा पहिरोले घर पुरिँदा चार जना बेपत्ता भएका छन्। पहिरोमा पुरिएर स्थानीय कृष्णबहादुर मगर, उनकी श्रीमती देव मगर, हरिलाल श्रेष्ठ र ३ वर्षीय बालक प्रिन्स थामी बेपत्ता भएका छन्।

दोलखाको गौरीशंकर गाउँपालिका- ७ मार्बु गाउँमा हिजो साँझ खसेको पहिरोले ५ घर पुरेको छ। पहिरोमा पुरिएकाहरुको सुरक्षाकर्मी र स्थानीयबासीले‍ खोजी गरिरहेको गौरीशंकर गाउँपालिका- ७ वडाध्यक्ष दावा शेर्पाले बताए ।

पहिरोमा पुरिएका तीन जनाको उद्धार गरिएको छ। घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ। पहिरोबाट अन्य १६ वटा घर जोखिममा छन्। सल्लेको पहिरोले केही तल रहेको टोपाटार गाउँमा पनि ३ घर पुरिएको वडाध्यक्ष शेर्पाले बताए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com