Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

बिहारमा आँधी, वर्षा र चट्याङमा परी एकैदिन ३३ जनाको मृत्यु

भारतको बिहारमा शुक्रबार दिउँसोदेखि आँधी, वर्षा र चट्याङमा परी कम्तीमा ३३ जनाको मृत्यु भएको छ । राज्यका थुप्रै जिल्ला प्रभावित भएका छन् र भारी क्षती पुगेको रिपोर्ट भारतीय सञ्चार माध्यमले प्रकाशित गरेका छन् ।

मुख्यमन्त्री नितिश कुमारले मृतकको परिवारका लागि चार लाख भारुको आर्थिक मद्दतको घोषणा गरेका छन् ।
मुख्यमन्त्री कार्यालयको तर्फबाट भारी वर्षा र आँधीका कारण भएको क्षतिको विवरण लिइएको र प्रभावित परिवारलाई मद्दत गरिने जानकारी दिएको छ ।

मोदीले शुक्रबार प्राकृतिक विपत्तिमा परी मानिसको मृत्यु भएकोमा अफसोस जताएका छन् ।
मोदीले आफ्नो ट्विटर अकाउन्टमा स्थानीय प्रशासन राज्य सरकारको निगरानीमा राहत र उद्धारकार्यमा जुटेको जानकारी दिए ।
पटनाको मौसम विभाग केन्द्रले अबको दुई दिनमा बिहारका भिन्न भिन्न इलाकामा तेज गतिमा हावा चल्ने पूर्वानुमान जारी गरेको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com