Yeti Khabar

२०८१ जेष्ठ ७, सोमबार - Mon May, 2024 -

सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ

२८ वैशाख, कामठाडौं ।पोखरामा सामूहिक बलात्कारको आरोपमा ३ जनालाई पक्राउ गरी हिजो सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा चन्द्रबहादुर थापा, कृष्ण रानाभाट र विनोद परियार छन् ।

उनीहरुले वैशाख २४ गते राति पोखरा महानगरपालिका–१०, अमरसिंहमा खाजा खान जाने बहानामा ललाइफकाई एक जना महिलाई पार्किङमा रहेको गाडीमा लगेर सामूहिक करणी गरेको आरोप प्रहरीले लगाएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले भने, ‘खाजा खान जाम भनेर ललाइफकाई बियरसमेत खुवाएर अमरसिंह मैदानमा पार्किङ गरिराखेको गाडीमा करणी गरेको अवस्था सीआरबीले फेला पारेको हो ।’प्रहरीका अनुसार उनीहरुलाई वैशाख २५ गते बिहान करिब ४ बजे नियन्त्रणमा लिइएको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com