Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

डिलाशैनी गाउँपालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउने

बैतडीको डिलाशैनी गाउँपालिकाले पालिकाभित्र एमबिबिएस पढ्न चाहनेलाई छात्रवृत्ति दिने भएको छ। गाउँपालिकाभित्रका एमबिबिएस पढ्न चाहनेका लागि छात्रवृत्तिको आवेदन खुला गरिएको छ।

‘एक गाउँ, एक डाक्टर’ नीतिअन्तर्गत आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम स्वीकृत कार्ययोजनाअनुसार आवेदन खुला गरिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए।

छात्रवृत्तिमा एमबिबिएस अध्ययनका लागि आवेदन पेस गर्नेसम्बन्धी सूचना प्रकाशन गरिएको छ।
आवश्यक कागजातसहित सात दिनभित्र योग्यता पुगेका इच्छुक गाउँपालिकामा स्थायी बसोबास गर्ने नागरिकले सम्पर्क गरिदिन अनुरोध गरिएको छ।

आवेदनका साथ नेपालभित्रको मान्यता प्राप्त विश्वविद्यालय वा शिक्षण संस्थाले लिएको प्रवेश परीक्षामा उत्तीर्ण भएको प्राप्तांकसहितको प्रमाणित प्रतिलिपि, सामुदायिक विद्यालयबाट माध्यमिक तहको शिक्षा उत्तीर्ण गरेको, शैक्षिक योग्यताका प्रमाणित प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्र, सम्बन्धित विश्वविद्यालय वा शैक्षिक संस्थाले सो विषय अध्ययनका लागि तोकेको प्रमाणित शुल्क विवरण र प्रवेश परीक्षामा सहभागी भएको प्रवेश पत्रको प्रतिलिपि पेस गर्न भनिएको छ।

छात्रवृत्तिमा एमबिबिएस पढाउने कुरा गाउँपालिकाको नीति तथा कार्यक्रममा समेटिएको र छात्रवृत्तिसम्बन्धी कार्यविधि २०७९ को अधिनमा रहेर आवेदन मागिएको गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए। रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com