Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

आगामी निर्वाचनमा माओवादीले हारे देशले नै हार्ने प्रचण्ड

काठमाडौ ८ चैत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीले हारे देशले नै हार्ने जिकिर गरेका छन् । आज जनकपुरधाममा मधेस प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अरु पार्टीले हारेमा देशले नहार्ने टिप्पणीसमेत गरेका छन ।

लामो संघर्षपछि भएको राजनीतिक परिवर्तनलाई उल्ट्याउने षडयन्त्र देशी–विदेशी प्रतिक्रियावादीबाट भइरहेको भन्दै उनले परिवर्तनको नायक भएका नाताले पनि आफूहरुले आगामी चुनाव हार्न नहुने उनको भनाइ रहेको छ ।

उनले गठबन्धन होला र खाउँला भन्ने कुरा अहिले दिमागबाट हटाइदिन पनि आग्रह गरे का छन । ‘यद्यपि हामी गठबन्धन विरोधी होइन, हामीले नै गठबन्धन बनाएको हो, गठबन्धनको रक्षा गर्न धेरै ठुलो त्याग गरेका छौं ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com