Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

बैतडीको दोगडाकेदारमा एक हप्तादेखि विद्युत् सेवा अवरूद्ध

बैतडीको दोगडाकेदार गाउँपालिकामा एक हप्तादेखि विद्युत् सेवा अवरूद्ध भएको छ।
एक हप्तासम्म पनि विद्युत् सेवा सञ्चालन नहुँदा यहाँका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन्।
नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रको लापरबाहीका कारण समयमै विद्युत् सेवा सञ्चालन नभएको उपभोक्ताको गुनासो छ।
विद्युत् अवरूद्ध भएको सात दिन बितिसक्दा पनि प्राधिकरणको ध्यान नगएकाले अन्धकारमा बस्न बाध्य स्थानीय जनक सिंह ठगुन्ना बताए।

विद्युत् नहुँदा मोबाइल चार्ज, मिल सञ्चालन गर्न सकिएको छैन।
यता विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले भने विद्युत् सेवा सञ्चालन गर्न पहल भइरहेको जनाएको छ।
चट्याङका कारण ट्रान्सफर्मरमा क्षति हुँदा विद्युत् सेवा नियमित गर्न ढिलाइ भएको केन्द्रका कार्यालय प्रमुख पवन भट्टले जानकारी दिए। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com