Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

ललितपुरस्थित पुल्चोकमा एकजना मृत फेला

साउन, १८ काठमाडौं । ललितपुरस्थित पुल्चोकमा एकजना व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।
भारतको दार्जिलिङ घर भई ललितपुर उपमहानगरपालिका पुल्चोकमा मःम पसल चलाउँदै आएका ६२ वर्षका रामबहादुर क्षेत्री मृत अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसीले उनी घरभित्रै झुण्डिएको अवस्थामा फेला परेको बताए ।

‘हिजोदेखि कोठामा चालचुल नभएपछि माथि बस्नेले ढोका ढक्ढक्याएछन्’ जिसीले भने, ‘तर नखोलेपछि प्रहरीलाई खबर आएको थियो ।’
त्यसक्रममा सलमा झुण्डिएको अवस्थामा शव भेटिएको डीएसपी जिसीले बताए ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com