Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

मुख्य न्यायाधिवक्ताको राजीनामा, महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा तयारी

भदौ, १८ काठमाडौँ । मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले शनिबार पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा बुझाएको झाले जानकारी दिए ।

मधेश सरकार गठन भएपछि मुख्य न्यायाधिवक्ता बनेका उनी लगातार पाँच वर्ष यो पदमा रहेका थिए ।

राजीनामा दिएका झा महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको तयारी गर्दैछन् । झा शनिबार नै जनता समाजवादी पार्टीमा प्रवेश गर्दैछन् । जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराउन लागेको झाले जानकारी दिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com