Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

निवार्चन आयोगका निर्णयले भूकम्प नै आउने आशंका व्यक्त

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अबका केही दिनमा गरिने आयोगका निर्णयले भूकम्प नै आउला भनेर आशंका व्यक्त गरेका छन्।

शुक्रबार आयोजित कार्यक्रममा उनले आचारसंहिता उल्लंघनमा स्पष्टीकरण सोध्दा तरंग नै आएको बताए। जसले गर्दा केही दिनमा हुने आयोगका निर्णयले त भूकम्प नै आउला भनेर आशंका व्यक्त गरेका हुन्।

‘आचारसंहिता उल्लंघनमा स्पष्टीकरण सोधिँदा नै यत्तिको तरंग आएको छ भने अब ५(७ दिन, ८(१० दिन पछिका आयोगका निर्णयले त ठूलै भूकम्प आउला कि भनेर मैले आशंका गरेको छु,’ उनले भने।

उनले आचारसंहिता उल्लंघन गर्दा स्पष्टीकरण सोध्नु कारबाही गरिनु नभएको पनि स्पष्ट पारेका छन्।

‘आचारसंहिताको कारबाही गर्ने विषयमा स्पष्टीकरण सोध्नु भनेको कारबाही गरिनु होइन। कारबाहीको प्रक्रिया प्रारम्भ हो,’ उनले भने, ‘ऊ अब दायराभित्र पस्यो। दायराभित्र आयो भनेको मात्रै हो। अथवा माकुराको जालो भित्र झिंगा पस्यो भनेको हो। तथ्य प्रमाणका साथमा होइन भनेर प्रमाणित गरी जालो काटेर निस्किन सक्यो बच्यो।’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मतदातालाई प्रलोभनमा पारी निर्वाचन ऐन कसूर गरेको भन्दै अनुसन्धान गर्न प्रक्रिया अघि बढेको पनि स्पष्ट पारे।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com