Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

ब्राजिलमा आँधीका कारण १३ जनाको ज्यान गयो, हजारौँ नागरिक विस्थापित

ब्राजिलको दक्षिणी क्षेत्रमा पर्ने रियो ग्रान्डे डो सुल प्रान्तमा आएको आँधीका कारण १३ जनाको ज्यान गएको छ । १० जना बेपत्ता भएका छन् । 

ज्यान जानेमा चार महिनाको शिशुसमेत रहेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आँधीका कारण हजारौँ नागरिक विस्थापित भएका छन् । २ हजार ४ सय जनाको उद्धार गरिएको छ ।

आँधीका कारण त्यहाँका कयौँ सडक अवरुद्ध भएका छन् भने मुख्य सहरका हवाई उडान समेत बन्द भएका छन्  । राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले सङ्कट समाधानका लागि प्रयास भइरहेको बताउनु भएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com