Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

एकीकृत समाजवादी र काँग्रेसका कार्यकर्ता बीच झडप

काठमाडौ २३ वैशाख । बाजुराको बुढीनन्दा नगरपालिका–९ स्थित पाण्डुसैनमा एकीकृत समाजवादी पार्टी र नेपाली काँग्रेसका कार्यकर्ता बीचमा झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले २३ राउण्ड हवाई फायर र ३ सेल अश्रुग्याँस प्रहार गरेको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले बताए ।

सदरमुकामबाट ३० किलोमिटर टाढा चुनाव प्रचारको क्रममा काँग्रेसको प्रचार टिमसँग हिँडेको कुकुरलाई हिर्काएको निहुँमा झडप शुरु भएको थियो । झडपमा समाजवादीका दुईजना, नेपाली काँग्रेसका ३ जना र १० जना प्रहरी सामान्य घाइते भएका छन् ।

शुरुमा अस्थायी प्रहरी पोष्ट पाण्डुसेनले स्थिती नियन्त्रणमा लिने प्रयास गरेको थियो । अहिले जिल्लाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप टोली परिचालन गरिएको सहायक प्रजिअ विष्टले बताए ।
जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार एसएलआरबाट १५ राउण्ड र थ्रिनट थ्री पेस्तोलबाट ८ राउण्ड हवाई फायर गरिएको छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com