Yeti Khabar

२०७९ मंसिर २३, शुक्रबार - Fri Dec, 2022 -

पश्चिमी वायुका कारण हल्का वर्षाको सम्भावना

पश्चिमी वायुका कारण आज देशका पहाडी भू(भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीका कारण देशका पहाडी भू(भागहरूमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ भने प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भागहरूमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। आइतबार देशका पहाडी भागहरूमा आंशिक बदली रही बाँकी भागमासामान्यतया मौसम सफा रहने छ भने प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com