Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

परराष्ट्रमन्त्री साउद र अमेरिकी सिनेटर होलेनबीच भेटवार्ता

काठमाण्डाै – परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनबीच अमेरिकाकाे वासिङ्टनमा भेटघाट भएको छ ।   

हिजाे बुधवार भएकाे भेटघाटमा दुई पक्षीय सम्बन्धको बारेमा छलफल भएको थियो । साथै नेपाल र अमेरिकाबीचको संसद्को अनुभव आदानप्रदानका विषयमा समेत छलफल भएको थियो ।

सिनेटर होलेनले गएकाे सेप्टेम्बर महिनामा नेपालको भ्रमण गर्नुभएको थियो । अमेरिकामा रहेका नेपालीलाई टेम्पोरेरी प्रोक्टेक्डेड स्टाट्यस (टीपीएस) मार्फत् स्थायी बसोबासका लागिसमेत बिल तयार पार्नुभएका, मेरिल्यान्डबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्ने सिनेटर होलेन डेमोक्रयाट पार्टीका प्रभावशाली सिनेटर हुनुहुन्छ । 

 सिनेटर होलेनसँगको भेटमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, उपनियोग प्रमुख कुमार खरेललगायत उपस्थित  हुनुहुन्थ्यो । मन्त्री साउद अहिले अमेरिकाको औपचारिक भ्रमणमा हुनुहुन्छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com