Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

पहिराले घर पुरिँदा अछाममा तीनको मृत्यु

गएराति अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुका अमर विष्टको घर पहिराले पुरिँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय अछामका सूचना अधिकारी दीपेश रिजालका अनुसार मृत्यु हुनेमा अन्दाजी वर्ष २५÷२६ का वीरेन्द्र विष्ट, वर्ष ४५ की हरिकला विष्ट र वर्ष १५ का संविधान विष्ट रहेका छन् ।

यसैगरी घाइते हुनेमा वर्ष ६५ की नैना विष्ट रहेका छन्। गएराति अन्दाजी १ बजेतिर आएको पहिराले अमर विष्टको घर पुरिँदा घरभित्र सुतिरहेका तीनै जनाको मृत्यु भएको हो । यसैगरी घाइतेको नैना विष्टको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र भुलुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा गएराति नै प्रहरी निरीक्षकको कमाण्डमा प्रहरीको टोली खटिए पनि दुर्गम क्षेत्र भएकाले अझै पुग्न नसकेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com