Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

सुन प्रकरणमा पक्राउ परेका महरासँग आज पनि बयान लिइने

sharethis sharing button

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु भएको छ।

चैत ५ गते कपिलवस्तुबाट पक्राउ परेका महरामाथि बुधबारदेखि बयान सुरू भएको थियो। सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सन्देश श्रेष्ठले महरासँगको बयान आज पनि जारी रहने जानकारी दिए।

महरालाई काठमाडौँ जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुमति दिएको छ।अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि उनलाई नर्भिक अस्पतालमा राखिएको छ । आज बयान नसकिए पुन म्याद थप गरिने सिआइबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।

 ०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुन तस्करी प्रकरणमा संलग्न चिनिया नागरिकसँग महराको नाम जोडिएको छ। त्यसबेला सिआइबीले उनीसँग बयान कागज गरेर मात्रै छाडेको थियो। यो प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन् । राहुल हाल पुर्पक्षका लागि थुनामा छन् । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com