प्रदेश सभाको बैठक २ मिनेट मै स्थगित
१६ चैत, काठमाडौं । जनकपुरधाम मधेश प्रदेश सभाको बैठक आज २ मिनेट मात्र बसेर स्थगित भएको हो ।
बैठक सुरु हुनासाथ लोकतान्त्रिक समाजवादी पार्टी लोसपा का सांसद परमेश्वर साहले गणपूरक संख्या उपस्थित नभएकाले यो बैठकलाई अगाडि नबढाउन सभामुखसँग आग्रह गरेका छन ।
उनले १० पटकसम्म बैठकमा उपस्थित नहुने सांसदको पद स्वतः खारेज हुने विधानमा व्यवस्था भएकाले त्यसतर्फ पनि ध्यान दिन सभामुखलाई आग्रह गरे ।