युक्रेनको भाडाका लडाकु बनेका अमेरिकी र टर्कीका नागरिक रुसी सेनाबाट मारिए

रुसले युक्रेनमा आक्रमण थालेयता दुवै देशमा भाडाका लडाकुहरूको बिगबिगी छ ।
रुसी भाडाका लडाकुको समूह वाग्नर हो, यसले रुसको निर्देशन र रुचीअनुसार युक्रेनमा आक्रमण गरिरहेको छ । रुसी सेनालाई यी लडाकुले सहयोग गरिरहेका हुन् ।
अर्कोतर्फ युक्रेनका हजारौँ भाडाका लडाकुहरू पनि रुसविरुद्ध लड्न सक्रिय छन् । रुसी र युक्रेनी सरकारले आकर्षक तलब सुविधा दिएकाले रुस–युक्रेन युद्धमा भाडाका लडाकुहरू आकर्षित भएको पाइन्छ ।
यसै हप्ता युक्रेनी शहर बाख्मुतको युद्धमा रुसी भाडाका लडाकुहरूको आक्रमणमा युक्रेनका दुई भाडाका लडाकुको मृत्यु भएको छ । कयौँ युक्रेनी सेनाहरू मारिँदा दुई युक्रेनी भाडाका लडाकु पनि मारिएको वाग्नरले बताएको छ ।
वाग्नरले एक भिडियो सार्वजनिक गर्दै अमेरिका र टर्कीका एक-एक नागरिक मारिएको जानकारी दिँदै यी भाडाका लडाकुलाई उनीहरूको देश फर्काउने प्रतिबन्ध मिलाएको बताएका छन् ।रुसी भाडाका लडाकु समूह वाग्नरका प्रमुख येभजनी प्रिगोजिनका अनुसार रुस र युक्रेनबीच कैदी साटासाट हुँदा ती शव पनि युक्रेन फर्काइएको छ ।
नेस्ट भनेर चिनिने बाख्मुतको एक भागमा लडाइँमा परी अमेरिकी भाडाका लडाकु निकोलस मेमरको ज्यान गएको थियो भने युक्रेनी सेनाको विस्फोटबाट नष्ट बनेको भवनको अवशेषमा टर्कीका लडाकुको शव भेटिएको थियो ।
–रोयटर्स