Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

सुडानका महत्त्वपूर्ण ठाउँमा कब्जा गरेको अर्धसैनिक बलको दाबी

सुडानमा सेना र अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स आरएसएफबीचको सङ्घर्ष थप चर्किएको छ । दुवै पक्षले हिजो राजधानी खार्तुम सहरका मुख्य सडक बन्द गरेका थिए ।

दुई पक्षको लडाइँमा परेर अहिलेसम्म ५० जनाभन्दा धेरैको ज्यान गएको छ । एक हजारभन्दा धेरै जना घाइते भएका छन् । अर्धसैनिक बलले राष्ट्रपतिको कार्यालय, खार्तुम विमानस्थल, सरकारी टेलिभिजन र अन्य महत्त्वपूर्ण ठाउँ आफूले कब्जामा लिएको दाबी गरेको छ ।  

खार्तुमका सुनसान सडकमा लगातार विस्फोट र बन्दुक पड्केको आवाज सुनिएको बीबीसीले जनाएको छ । सरकारी सेनाले अर्धसैनिक बललाई रोक्न हवाई आक्रमण गरिरहेको जनाएको छ । खार्तुमका नागरिकले आफूहरु कहीँकतै सुरक्षित नरहेको बताएका छन् ।

सुडानको सेनाले नागरिकलाई घरभित्रै बस्न आह्वान गरेको छ ।  तर, यस्तो आह्वानले मात्रै आफूहरु सुरक्षित नहुने नागरिकले बताएका छन् । सुडानमा भइरहेको लडाइँमा संयुक्त राष्ट्र सङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्यू.एफ.पी) का तीन जना कर्मचारीको समेत ज्यान गएको छ ।

आफ्ना कर्मचारीको ज्यान गएपछि डब्ल्यू.एफ.पी ले तत्कालका लागि सुडानमा आफ्ना सबै कार्यक्रम स्थगित गरेको बताएको बीबीसीले जनाएको छ । | एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com