Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

रूसमा अज्ञात समूहबाट कुटिइन् पत्रकार

facebook sharing button

रूसी पत्रकार एलेना मिलाशिनामाथि कुटपिट भएको छ।

मंगलबार रूसको चेचन्या प्रान्तको राजधानी ग्रोजनीमा पत्रकार मिलाशिना र उनका वकिल अलेक्जेन्डर नेमोभमाथि अज्ञात समूहले कुटपिट गरेको हो।

सिएनएनका अनुसार उनीहरू चेचनका अभियन्ता जरिमा मुशाइभाविरूद्धको मुद्दाको सुनुवाइका लागि अदालत जाने क्रममा अज्ञात समूहबाट कुटिएका हुन्।

‘उनीहरू निकै हताशमा थिए। शायद उनीहरू हामीलाई डर देखाउन चाहन्थे,’ आक्रमणपछि उनले एक टेलिभिजन अन्तर्वार्तामा मिलाशिनाले भनेकी छन्, ‘उनीहरूले हामीलाई दुई पटक कुटपिट गरे।’

टेलिभिजन अन्तर्वार्तामा देखिएकी मिलाशिनाको अनुहारभरि हरियो रङ्ग पोतिएको छ। उनको कपाल खौरिएको देखिन्छ भने हातमा ब्यान्डेज बाँधिएको छ।

‘यो सब उनीहरूले नै गरेका हुन्,’ मिलाशिनाले अन्तर्वार्ताका क्रममा भनिन्।

मिलाशिनाका वकिल नेमोभमाथि कुटपिटपछि छुरा प्रहार भएको छ। अहिले उनी अस्पतालमा उपचाररत छन्। त्यति हुँदासमेत उनी अदालतको सुनुवाइमा उपस्थित हुने योजनामा रहेको सिएनएनले उल्लेख गरेको छ। 

त्यहाँको प्रहरीले आक्रमणकारी को थिए भन्नेबारे भेउसम्म पाउन सकेको छैन।

यसबारेमा राष्ट्रपति कार्यालय क्रेमलिनले समेत ध्यानाकर्षण भएको जनाएको छ।

क्रेमिलनका प्रवक्ता दिमित्री पेस्कोभले घटनाबारे राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराइएको र यसको अनुसन्धान मानवअधिकार आयोगले गर्ने बताएका छन्।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com