Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

जनयुद्धलाई अस्वीकार गर्ने प्रवृत्तिबाट सचेत रहन सांसद शाहीको आग्रह

sharethis sharing button

सुर्खेत । नेकपा (माओवादी केन्द्र)का युवा नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले जनयुद्धबाट प्राप्त उपलब्धिहरूको उपभोग गर्ने तर जनयुद्धलाई अस्वीकार गर्ने प्रवृत्तिबाट सचेत रहन आग्रह गरेका छन् ।  

मङ्गलवार २९ औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना दिँदै नेता शाहीले यस्तो बताए । ठुलो बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त राजनैतिक उपलब्धिहरूलाई खोस्ने र मुलुकलाई फेरि पनि प्रतिगमनतर्फ लैजाने कुचेष्टा भइरहेको उनले बताए । ‘जनयुद्ध दिवसको यस ऐतिहासिक अवसरमा सबै खाले प्रतिगमनकारी, निरङ्कुश र असंवैधानिक दुश्प्रयत्नहरुका विरुद्ध खबरदारी गर्दै समाजवादी व्यवस्था निर्माणको बाटोमा दृढता पूर्वक अघि बढ्न अपिल गर्दछु,’ उनले भनेका छन्, ‘निरङ्कुश जहानियाँ सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गर्ने उद्देश्यका साथ नेपाली जनताले सुरु गरेको महान् जनयुद्धको ऐतिहासिक दिन फागुन १ गते स्मरण गर्दै यस २९औँ महान् जनयुद्ध दिवसको गौरवमय अवसरमा कर्णाली प्रदेशवासी एवं सम्पूर्ण नेपाली दाजुभाइ दिदीवहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

तत्कालीन महान् जनयुद्धले गाउँ गाउँसम्म नेपाली जनतालाई जागृत गर्दै सामन्तवादका विरुद्धको राजनैतिक लहर ल्याएको स्मरण शाहीले गरेका छन् । जनयुद्धकै जगमा भएको ०६२-६३ को जनआन्दोलनले नेपालमा सदियौँ देखिको सामन्ती राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उनको दाबी छ । 

उनले भनेका छन्, ‘मुलुकमा भएको यो राजनैतिक परिवर्तनले आज हामीले समावेशिता, समानुपातिकता, धर्मनिरपेक्षता, सङ्घीयता लगायतका महत्त्वपूर्ण राजनैतिक उपलब्धिहरू प्राप्त भएका छन् ।’ रातोपाटी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com