Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

प्रधानमन्त्री प्रचण्डलाई एमालेले ज्ञापन पत्र बुझाउँदै

माघ, ९ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ज्ञापन पत्र बुझाउँदै छ। एमालेले आज बिहान ९ बजे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउन लागिएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

एमालेले मंसिर १४ गतेदेखि पुस १ गतेसम्म पश्चिमको झुलाघाटदेखि पूर्वको चिवाभञ्ज्याङसम्म संकल्प यात्रा गरेको थियो। मध्यपहाडी लोकमार्ग केन्द्रित झन्डै दुई हजार किलोमिटर यात्राका क्रममा आएका गुनासा, सुझावहरूलाई वर्गीकरण गरेर ज्ञापन पत्र बुझाउन लागिएको ज्ञवालीले जनाए ।

‘संकल्प यात्राका क्रममा आएका जन गुनासाहरूलाई वर्गीकरण गरेर, कुन–कुन निकायसँग सम्बन्धित छन् भनेर छुट्टयाएका छौं। ती गुनासो–समस्साहरू सम्बोधनका लागि प्रधानमन्त्रीलाई दिन लागेका हौं,’ उनले भने।

एमालेले माघ मसान्तदेखि नेकपा (माओवादी केन्द्र) नेतृत्वको गठबन्धन सरकारविरूद्ध आन्दोलनको तयारी गरिरहेको छ। सुरूआती चरणमा सातै प्रदेशमा विरोध सभा आयोजना गर्न लागेको एमालेले अहिले संकल्प यात्राका क्रममा प्राप्त समस्या सम्बोधनका लागि मात्रै ध्यानाकर्षण गराउन लागेको उनले बताए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com