Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

बसपार्कमा घर जाने यात्रुको भिड

असोज,२८ काठमाण्डौ । घटस्थापना शुरु भएसँगै नयाँ बसपार्कमा घर जाने यात्रुको भिड लागेको छ । आजदेखि धेरैजसो विद्यालय, कलेज र सङ्घसंस्था बन्द भएपछि घर जानेको घुइँचो लागेको छ । नयाँ बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले अहिले दैनिक २५ हजारभन्दा धेरै यात्रु काठमाण्डौबाट बाहिरिन थालेको बताउनुभयो ।

यस्तै, दशैँका लागि अहिलेसम्म ६० हजार यात्रुले बसको अग्रिम टिकट लिएका लोत्से बहुद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बताउनुभयो । यात्रुले यसपालि पनि अग्रिम टिकट लिन सास्ती परेको गुनासो गरिरहेका छन् । सरकारले दशैँको यातायात व्यवस्थापनलाई सहज बनाउनका लागि गएको २६ गते देशैभरका सार्वजनिक गाडीमा रुट परमिटसमेत खुला गरिसकेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अहिलेको अवस्था हेर्दा विगतका वर्षभन्दा धेरै यात्रुहरु बाहिरिने अनुमान रहेको बताउनुभयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com