Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी

साउन,५ काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ। सानेपामा बिहान ११ बजेदेखि सुरू हुने बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने छन् ।

उनीहरूले महामन्त्री विश्वप्रकाश शर्माले राखेको १० एजेन्डा, अर्का महामन्त्री गगन थापाले प्रस्तुत गरेको वार्षिक कार्ययोजना र अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले पेश गरेको अनुशासन समितिको टिपोटमाथि केन्द्रीत रहेर आफ्नो धारणा र सुझाव प्रस्तुत गर्नेछन्।

मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अहिलेसम्म ८१ जना सदस्यहरूले धारणा राखेका छन्। सो क्रममा सभापति शेरबहादुर देउवाको कार्यशैलीको आलोचना र बचाउ गर्नेदेखि गठबन्धनका कारण परेका अप्ठ्योरोदेखि भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता बालकृष्ण खाणसम्मका विषहरूमा धारणा राखेका थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com