Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

जापान पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

फागुन,१ काठामाडौं । वैदेशिक रोजगारीका लागि जापान पठाइदिन्छु भनी ठगी गर्ने मकवानपुर निबुवाटार–४ घर भई ललितपुर महानगरपालिका–२, सानेपा बस्ने ३७ वर्षीया पुरुषोत्तम अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले रीता मल्लसहित ६ जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाइदिन्छु भन्दै प्रतिव्यक्ति आठ लाख लाग्ने र जापानमा मासिक दुई लाख ५० हजार तलब हुने आश्वासन दिँदै ठगी गरेका थिए ।

पीडितहरूबाट पटक–पटक गरी ३५ लाख ५० हजार रुपैयाँ लिई उनी सम्पर्कविहीन भएका थिए । सोही आधारमा पीडितहरूले उनलाई खोजी गर्न वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com